• गृहपृष्ठ
  • बल्थलीमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर

बल्थलीमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर

Sep 24th, 2023

काठमाडौं, असाेज ७
काभ्रेपलाञ्चोक पनौती – ११, कोलभञ्ज्याङ बल्थलीमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पनौती – ११ स्थित श्री लड्केश्वर आधारभूत विद्यालय भएकाे स्वास्थ्य शिविरमा प्रमुख अतिथि पनाैती ११ का वडाध्यक्ष बिपिन लामा र नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा समाजसेवी कुमार थापाकाे संयुक्तमा भएकाे हाे ।


उक्त शिविरमा पनौती नगरपालिका ११ का बल्थली स्वास्थ्य चौकी, वडा नं. ११, जेष्ठ नागरिक चौतारी ख्याकु शाखाले आयोजना गरेकाेमा १ सय २५ जनाले स्वास्थ्य सेवा लिएको आयोजकले जानकारी दिए ।

यस्तै, निरोग फार्मेसी र एरो फार्मास्युटिकल्स प्रा.लि. ले निःशुल्क सुगर / प्रेसरकाे औषधी वितरण पनि गरेको थियो ।

काठमाडौं मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा विभिन्न सेवाहरु प्रदान गरेका थिए ।
सेवाहरू
१. आँखा रोग
२. नाक कान घाँटी
३. दन्त सेवा
४. स्त्री रोग
५. जनरल मेडिकल
६. जनरल सर्जरी
७. हाड जोर्नी तथा नशा
८. छाला रोग
परिक्षणहरू
१. भिडियो एक्सरे
२. ल्याब परिक्षण
३. ई.सी.जि.