• गृहपृष्ठ
  • थेचोमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर सम्पन्न

थेचोमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर सम्पन्न

Sep 23rd, 2023

ललितपुर, असोज ६
गोदावरी नगरपालिका १२ थेचो अवस्थित वेलुवनाराम विहारमा निःशुल्क आयुर्वेद स्वास्थ शिविर सम्पन्न भएको छ । झिगु आयुर्वेद पसल र नवदुर्गा बचत तथा ऋण सहकारीद्वारा आयोजना गरिएको हो ।

सकारीको १५ औँ वर्षमा प्रवेश गरेको अवसमा गरेको स्वास्थ शिविरमा २०७ जनाले स्वास्थ्य सेवा लिएको झिगु आयुर्वेद पसलका सञ्चालक सन्नी माली जानकारी दिए ।

चापागाउँ आयर्वेद औषधालय संस्थाको प्राविधिक सहयोगमा पाइल्स, बाथरोग, फिस्टुला, जोर्नी तथा नशा, पिनाश/दम, खोकि, ग्याष्टिक/अल्सर, मधुमेह, पत्थरी, यौन दुर्वलता, छाला रोग, जन्डिस /हेपाटाइटिस आदि सेवाहरू दिएका थिए ।