• गृहपृष्ठ
  • “विज्ञान साक्षरता र उद्यमशीलता सवल अर्थतन्त्रको आधारशीला” नाराका साथ राष्ट्रिय विज्ञान दिवस कार्यक्रम सम्पन्न

“विज्ञान साक्षरता र उद्यमशीलता सवल अर्थतन्त्रको आधारशीला” नाराका साथ राष्ट्रिय विज्ञान दिवस कार्यक्रम सम्पन्न

Sep 22nd, 2023

ललितपुर, असोज ५

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्रत्येक वर्ष राष्ट्रिय विज्ञान दिवसको कार्यक्रम आयोजना गरेको छ । नास्टले यस वर्षको राष्ट्रिय विज्ञान दिवस २०८० लाई सप्ताहव्यापी रुपमा “विज्ञान साक्षरता र उद्यमशीलता सवल अर्थतन्त्रको आधारशीला” नाराका साथ मनाउने क्रममा नास्टले भाद्र २९-३१, २०६० मा Redefine STEAM Education सम्बन्धि ललितपुर वडा १५ का शिक्षक तथा विद्यार्थीहरुलाई तालीम कार्यशाला आयोजना गरिएको हो ।

आज माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई प्रमुख अतिथि रहनु भएको थियो । उद्घाटन कार्यक्रमका अवसरमा माननीय मन्त्रीज्यूले राष्ट्रिय विज्ञान दिवस २०८० मनाउने शिलशिलामा नास्टले सिर्जनशिल तरिकाले मनाउनु भएकोमा भाषणबाट भन्दा काम गरेर देखाउनुपर्ने बेला आइसकेकाले त्यस तर्फ लाग्न सबैलाई प्रेरित गर्नुपर्ने कुरा भन्नुभयो । माननीय मन्त्रीज्यूले युवा विद्यार्थीहरुलाई प्राविधिक ज्ञान दिलाउन सके मानिस स्वस्थ, स्वच्छ जीवन बाच्ने तरिकालाई सहज बनाउन सकिन्छ । मानिसलाई प्राप्त प्राकृतिक सम्पति प्रयोग गरेर प्रविधि विकास गर्ने हो । माइकोसकोप, टेलिस्कोप, दुरसञ्चार प्रविधि जस्तै टेलिफोन, इन्टरनेट, यातायातका साधनहरुको विकास, मानिसका बहनालाई पूरा गर्ने साधन हुन ।

ज्ञान विज्ञानको रचनात्मक प्रयोग गर्ने तर्फ लागौं । धनी राष्ट्रले छुट्याउने बजेट रचनात्मक भन्दा विनाशक क्षेत्रमा प्रयोग गरिरहेका छन्। साथै विज्ञान शिक्षा प्रति रुचि कम भएको छ। शिक्षण र सिकाईलाई आकर्षकयुक्त बनाउने चाहना छ । यसको लागि अर्थतन्त्रले धान्ने र संविधानले मान्ने तरिकाले अगाडि बढ्नुपर्छ । यहाँ स्थानीय सरकारलाई पनि विज्ञान प्रति अभिरुची देखाउनु भएकोमा धन्यवाद दिनुभयो । सो अवसरमा विज्ञानका शिक्षक, सहभागी विद्यार्थी, Hrisheek Innovations का CEO सुशिल भट्टराई ललितपुर महानगर १५ का वडा अध्यक्ष सुरेश बहादुर शाही, नास्टका प्राज्ञ प्रा. डा. रमेश कान्त अधिकारीले मन्तव्य राख्नु भयो । उद्घाटन कार्यक्रमको सभापतित्व नास्टका उपकूलपति प्रा. डा. दिलीप सुब्बाले गर्नु भएको थियो। उदघाटन समारोहको समापन गर्दै नास्टका उपकुलपतिज्यूले अब नास्टले देश र जनताको आवश्यकता अनुसार विज्ञान र प्रविधिको क्षेत्रमा कार्य गर्नुपर्ने बेला आएको छ भन्नुभयो ।

उद्घाटन कार्यक्रमको स्वागत नास्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले गर्नु भएको थियो भने यस प्रकारको कार्यक्रम आयोजना बारे नास्ट प्रवर्द्धन महाशाखा प्रमुख श्री लुना बजले प्रकाश पार्नु भयो । त्यसैगरी प्राविधिक सत्रमा प्यानल छलफल गर्न panelists हरु प्रा डा. विजया पन्त, प्राज्ञ, नास्ट, प्रा. डा. भरतमणि पोखरेल, प्राज्ञ, नास्ट, श्री कुन्तम पोखरेल, महासचिव Federation of Women Entrepreneur Association Nepal (FWEAN), नेपाल क्यान्सर हस्पिटलका डा. मुरारीमान श्रेष्ठ र कार्यक्रम मोडरेटर डा. अतुल उपाध्याय, अध्यक्ष, Nepal Food Scientists and Technologists Association हुनुहुन्थ्यो । सो अवसरमा विज्ञानका विद्यार्थीहरुको Aviation 3D printer. Smart parking, Drone, Model smart city. Satellite, Rocket Science. Astronomy and Robotics आदिका मोडलहरु प्रदर्शनीमा रहेका थिए | विज्ञान प्रदर्शनी हेर्न काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयहरुबाट लगभग १५०० जना शिक्षक तथा विद्यार्थी आएका थिए। साथै यस अवसरमा रक्तदान कार्यक्रमको आयोजना पनि गरिएको थियो ।