• गृहपृष्ठ
  • सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

Sep 22nd, 2023

काठमाडौं, असाेज ५

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा बसेको बैठकमा शिक्षकहरुले उठाएका मागहरुलाई संसदीय प्रक्रियाबाटै पूरा गर्ने सहमति भएको सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सहमतिसँगै आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीहरुले शनिबारदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने भएको उनले जनाइन् ।

फउनका अनुसार विभिन्न सात बुँदामा सहमति भएको छ । “सहमती भएको छ, ड्राफ हुँदैछ, उहाँहरुको मागलाई संसद्‌मा सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरेका छौँ”, उनले भनेकी छिन् ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका थिए । विशेषतः शिक्षकका समायोजन, बढुवा, तहगत प्रणालीलगायत विषयमा उनीहरूकाे असहमति थियाे ।