द्रुत बस सेवासुविधामा ढिलासुस्ती

Sep 21st, 2023

काठमाडौं, असाेज ४
उपत्यकामा चलेकाे द्रुत बस सेवासुविधामा ढिलासुस्ती भएकाे छ । बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सूर्यबिनायक रत्नपार्क द्रुत बस सेवा BRT सुरु भएकाे हाे । उक्त सेवा रत्नपार्क देखि सूर्यविनायक सम्म ४०-४५ मिनेटमा लाग्ने भनेकाे सेवा झन्डै १ घण्टा ४० मिनेट लागेकाे एक यात्रुले बताए ।
उक्त द्रुत बस सेवा सम्बन्धि ट्राफिक र ड्राइभरलाई पनि त्यति जानकारी नभएकाे जस्ताे लागेकाे यात्रुकाे गुनासाे छ ।

उक्त बस सेवा एम्बुलेन्स सरहको सुविधा उपलब्ध हुने कुरा कुनै लागू नभएकाे र ट्राफिक लाइटमा पनि राेकिएकाे र अन्य सवारीसाधन जस्तै चलाइरहेको जानकारी दिए।

यस सेवा सम्बन्धि सम्बन्धित निकायहरूकाे ध्यानाकर्षणका लागि अनुराेध गरेका छन् ।