उपत्यकामा भाेलीदेखि द्रुत बस सेवा

Sep 19th, 2023

काठमाडौं, असाेज २

उपत्यकामा भाेलीदेखि द्रुत बस सेवा संचालन हुने भएकाे छ । भोली बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सूर्यबिनायक रत्नपार्क द्रुत बस सेवा BRT सुरु हुदैँछ ।

गत सोमबार भौतिक पूर्वाधार तथा प्रकाशक विभाग, ट्राफिक प्रहरी यातायात व्यवस्था विभागलगायतका निकायसँग बैठक बसेर संविधान दिवसको दिनदेखि बस सेवा सुरु निर्देशन दिएका थिए।

यसरी चल्ने बसको अगाडी हाल द्रुत बस सेवा लेखिएको र यी बस चल्ने लेनमा रातो रङ पोतिएको हुन्छ ।

भोलीबाट ती लेनमा अरू कुनै पनि सवारी चलाउन (बस, कार, मोटरसाइकल, ट्रक केही पनि पाइँदैन) । समय अघि वा पछि भने चलाउन पाइनेछ ।

यसरी चल्ने बसहरूलाई एम्बुलेन्स सरहको सुविधा उपलब्ध छ अर्थात् ट्राफिक लाइटमा रोकिनु पर्ने छैन (रातो बत्तीमा रोकिन्छ तर अन्य गाडी जसरी रोकिएर बस्नु पर्दैन । उक्त चोकमा हुने ट्राफिकले Priority दिएर अगाडी जान दिनेछन् ) । तर अन्य लेनमा पस्ने अनुमति चाहिँ छैन । स्टप अनुसार पिक अप र ड्रप मात्र हुने भएकोले स्टपमा धेरै बेर र जाममा फस्नुपर्ने छैन ।

सूर्यविनायक, थिमि चारदीवार कोटेश्वर, शान्तिनगर, नयाँ बानेश्वरमहल, माइतीपर, भद्रकाली लगायत क्षेत्रमा द्रुत बस कुर्ने बनाएकाे छ।

द्रुत बस सेवा सन्चालन गर्दा त्यससम्बन्धी ट्राफिक व्यवस्थापनाका लागि छुट्टै ट्राफिक राखिनेछ। यसकाे लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोकचोकमा एक-एकजना ट्राफिक प्रहरी खटाउने तयारी गरेको छ।