• गृहपृष्ठ
  • डेंगु सङ्क्रमितको सङ्ख्या साढे २७ हजार नाघ्याे

डेंगु सङ्क्रमितको सङ्ख्या साढे २७ हजार नाघ्याे

Sep 18th, 2023

काठमाडौं, असाेज १

नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे २७ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २७ हजार ९६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

साढे सात महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने डेंगु सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा पुष्टि भएको छ ।

सुनसरीमा १५ हजार ८८१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।