• गृहपृष्ठ
  • महालक्ष्मी नगरमा महोत्सव आज माननीय मीन कृष्णकाे प्रमुख अतिथिमा

महालक्ष्मी नगरमा महोत्सव आज माननीय मीन कृष्णकाे प्रमुख अतिथिमा

Sep 17th, 2023

ललितपुर, भदाै ३१

ललितपुर महालक्ष्मी नगरपालिकामा प्रथम महालक्ष्मी नगर व्यापार पर्यटन एंव साँस्कृतिक महोत्सव माननीय मीन कृष्ण महर्जनकाे प्रमुख अतिथिमा हुने भएकाे छ ।

राष्ट्रिय संगितकर्मी संघ ललितपुरको आयोजनामा सञ्चालन गरेकाे प्रथम महालक्ष्मी नगर, व्यापार, पर्यटन एंब साँस्कृतिक महोत्सव धरैनै राैनक झल्काएकाे छ ।

महाेत्सव भदाै २६ गते देखि भएकाे हाे । राष्ट्रिय संगीतकर्मी संघ ललितपुर अध्यक्ष सुवास महतले असोज ७ गतेसम्म महोत्सव जारी रहने बताए ।

महालक्ष्मी नगरपालिका नगरको वडा नं. २ कमिटी अशोक टोल सुधार समितीको सहयोगमा महोत्सव आयोजना गरेकाे हो । महोत्सवमा व्यापार मेलाका लागि विभिन्न स्टल र साँस्कृतिक कार्यक्रम समेत आयोजना भएका छन् ।

महाेत्सवमा आउनेहरू राष्ट्रिय स्तरमा प्राप्त कलाकारको बेजोड प्रस्तुतिमा रमाएका छन् ।