• गृहपृष्ठ
  • ललितपुर महालक्ष्मी नगरमा महोत्सव भव्य

ललितपुर महालक्ष्मी नगरमा महोत्सव भव्य

Sep 16th, 2023

ललितपुर, भदौ ३०

ललितपुर महालक्ष्मी नगरपालिकामा प्रथम महालक्ष्मी नगर व्यापार पर्यटन एंव साँस्कृतिक महोत्सव भव्य हुन्दैछ । महाेत्सव भदाै २६ गते देखि भएकाे हाे । राष्ट्रिय संगीतकर्मी संघ ललितपुर अध्यक्ष सुवास महतले असोज ७ गतेसम्म महोत्सव जारी रहने बताए ।

महालक्ष्मी नगरपालिका नगरको वडा नं. २ कमिटी अशोक टोल सुधार समितीको सहयोगमा महोत्सव आयोजना गरेकाे हो । महोत्सवमा व्यापार मेलाका लागि विभिन्न स्टल र साँस्कृतिक कार्यक्रम समेत आयोजना भएका छन् ।

राष्ट्रिय संगितकर्मी संघ ललितपुरको आयोजनामा सञ्चालन गरेकाे प्रथम महालक्ष्मी नगर, व्यापार, पर्यटन एंब साँस्कृतिक महोत्सव झल्काएकाे छ । राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको बेजोड प्रस्तुतिमा रमाउँदै, सम्पूर्ण सामानहरु सस्तो र सुलभ मुल्यमा खरिद गरेकाे पाइन्छ ।