काठमाडौंमा राप्रपा नेपालको प्रदर्शन

Sep 15th, 2023

काठमाडौं, भदाै २९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । आज दिउँसो पार्टीका अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको हो ।

काठमाडौंको भद्रकालीबाट सुरू भएको प्रदर्शनी टुँडिखेल परिक्रमा गर्दै भृकुटीमण्डपमा कोण सभा गरिएको थियो ।

राप्रपा नेपालले मुलुकमा संवैधानिक हिन्दु राज्य स्थापना हुनुपर्ने माग गर्दै सो प्रदर्शन गरेको हो । प्रदर्शनका कारण सुन्धारा-रत्नपार्क क्षेत्रमा सवारी आवागमन ठप्प भएका थिए ।