• गृहपृष्ठ
  • गोदावरी ३ द्वारा आयोजित बृहत सरसफाई कार्यक्रम सम्पन्न

गोदावरी ३ द्वारा आयोजित बृहत सरसफाई कार्यक्रम सम्पन्न

Sep 14th, 2023

ललितपुर, भदाै २८

कुशे औशीको अवसरमा गोदावरी ३ द्वारा आयोजित बृहत सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ। साे सरसफाइ कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती प्रमुख अतिथि भएकाे हाे ।

प्राकृतिक र सांकृतिक रूपमा सुन्दर रहेको गोदावरीलाई देशभरीकै नमुना वडा बनाउनका लागि प्रशस्त आधारहरु रहेकाले आगामी दिनमा आफ्नो वडालाई देशभरकै नमुना वडा बनाउने वडाअध्यक्ष राज घिमिरे बताउँछन् ।

फोहोर मैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सके मात्र फोहोर मैलाको दिगो व्यवस्थापन हुने गोदावरी खोला सरसफाई अभियानकी संयोजक बेबी राजभण्डारीले बताईन् ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, संघ संस्थाका प्रतिनिधि, कर्मचारी लगायतको उपस्थित रहेको थियो ।