फोहोर व्यवस्थापन तालिम सम्पन्न

Sep 14th, 2023

ललितपुर, भदाै २८

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा, गोदावरी वडा नं. ३, १०, ११ र १३ मा लेले सामुदायिक बिकास केन्द्रले फोहोर ब्यवस्थापन सम्बन्धी परियोजनो संचालन गर्दै आएको छ ।

सोही अनुरुप गोदावरी नगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्ने हेतुले वडा स्तरमा टोल सुधार समिती, फोहोर मैला व्यवस्थापनमा काम गर्ने संस्था, वालवालिका संजाल, स्वास्थ्य संस्थाको प्रतिनिधि, वडा प्रतिनिधी साथै खानेपानी उपभोक्ता समितिको सहभागितामा ५ आर (अस्विकार, कम प्रयोग, पुनःप्रयोग, प्रशोधन, कुहाउने वा कम्पोष्ट) बारे तालिम तथा अभिमुखीकरण कार्यक्रम वडा नं ३, १०, ११ र १३ को कार्यालमा सम्पन्न गरीयो ।

साथै गोदावरी नगरपालिका अन्र्तगतका ८ वटा विद्यालयहरु किटिनी मा.वि, श्री पथपर्दशक मा.वि, श्री नवज्वोती मा.वि., श्री जनविकास मा.वि., श्री बज्रबाराही मा.वि., श्री वाणीविलास मा.वि, श्री उदयखर्क मा.वि., र श्री छम्पी देवि मा.वि. अन्र्तगतका विद्यार्थीहरुको सहभागिमा फोहोर व्यवस्थापन सम्बन्धी कुहिने नकुहिने फोहोर, फोहोर न्युनीकरण कसरी गर्ने, अस्विकार, पुर्न प्रयोग संग सम्बन्धी विस्तृत रुपमा छलफल साथै विद्यार्धीहरु लाई विद्यालयको वरीपरीको वातावरण सफा गर्दै कुहिने नकुहिने फोहोर र सिसा जन्य फोहोरको व्यवस्थापन गर्ने तरीकाहरु सिकाइयो ।