• गृहपृष्ठ
  • ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष उम्मेदवार महर्जनको चर्चा

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष उम्मेदवार महर्जनको चर्चा

Sep 13th, 2023

ललितपुर, भदौ २७

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि उम्मेदवार रूपकमान महर्जनको व्यापक चर्चा भएको छ । महर्जन ललितपुर खाद्य व्यापार संघको अध्यक्ष समेत हुन् । खस्कँदो हस्तकला व्यवशायलाई माथि उठाउने तथा पर्यटन प्रवर्द्धन गर्ने मुद्दा लिएर रुपकमान महर्जन अध्यक्ष पदमा प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।

महर्जनले खस्कँदो हस्तकला व्यवशायलाइ माथि उठाउन, पर्यटन प्रवर्द्धन गर्न र २९ वटै वस्तुगत संघका सरोकारका बिषयहरु उठाउन पहल गर्ने बताए । उनले यस क्षेत्रमा रहेका २०० भन्दा बढी टेक्सटाइल उद्योगको व्यापार प्रवर्द्धन गर्न ठोस कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसैगरी ललितपुरको दक्षिणी भागमा कृषी उद्दमको प्रचुर सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रका बासिन्दाले लाभ लिन नसकेको कटु यथार्थबारे आफु चिन्तित रहेको बताउँदै कृषिको विविधिकरण र व्यवाशायीकरणद्वारा यो क्षेत्रको आर्थिक सबलीकरणमा आफु पूर्ण रुपमा लागिपर्ने बताए ।

देशकै पुरानो वाणिज्य संघको आसन्न ४४औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ । असोज १९ गते शंखमुलस्थित यल दरबारमा संघको साधारण सभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुने कार्यक्रम रहेको छ ।