• गृहपृष्ठ
  • हरितालिका तीजको अवसरमा शुभकामना आदान-प्रदान

हरितालिका तीजको अवसरमा शुभकामना आदान-प्रदान

Sep 13th, 2023

ललितपुर, भदौ २७

अहिले देशभर हरितालिका तीजको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गरिरहेको छ । विभिन्न संघ, संस्था, महिला समूहहरुले तीजको शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम आयोजना गरेका छन् ।

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।

भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् । त्यो दिन यहि हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन्।