• गृहपृष्ठ
  • पुष्प महर्जनलाई काठमाडौं महानगर १६ काे कार्यवाहक अध्यक्षको जिम्मेवारी

पुष्प महर्जनलाई काठमाडौं महानगर १६ काे कार्यवाहक अध्यक्षको जिम्मेवारी

Sep 12th, 2023

काठमाडौं। काठमाडौं महानगरपालिका १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । महानगरपालिकाले सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको जनाएको छ । 

वडा समितिको बैठकबाट महर्जनलाई सोमबार नै कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय भएको थियो । वडाका अध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।