• गृहपृष्ठ
  • एमाले सचिवालय बैठक : तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय

एमाले सचिवालय बैठक : तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय

Sep 12th, 2023

काठमाडौं, भदाै २६

नेकपा एमालेको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको आकस्मिक  बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गर्ने निर्णय समेत गरेको छ ।

बैठकले पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना  गर्ने निर्णय समेत गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि सचिवालयले निर्णय गरेको छ ।