नेकपा एमाले उपाध्यक्ष नेम्वाङको निधन

Sep 12th, 2023

काठमाडौं, भदाै २६

संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

आज राती साढे १ बजे ह्रदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत्यु भएको जनाएको नेम्वाङको स्वकीय सचिवालय स्रोतले जानकारी दिएको हो ।

नेम्वाङलाई बालुवाटारस्थित निवासमा हृदयघात भएको थियो ।