• गृहपृष्ठ
  • विश्व आत्महत्या रोकथाम सम्बन्धि लघु चलचित्र “माया जाल ” प्रदर्शनि कार्यक्रम

विश्व आत्महत्या रोकथाम सम्बन्धि लघु चलचित्र “माया जाल ” प्रदर्शनि कार्यक्रम

Sep 11th, 2023

ललितपुर, भदाै २५

जिल्ला प्रहरी परिसर ललितपुरको आयोजनामा विश्व आत्महत्या रोकथाम सम्बन्धि लघु चलचित्र “माया जाल ” प्रदर्शनि कार्यक्रम गरेकाे छ।

उक्त चलचित्र उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले उद्घाटन गर्नु भएकाे हाे ।

चलचित्र निर्माणमा सहयोग गर्ने प्रभु बैंक लि., नेपाल मेडिसिटी अस्पताल, भैंसेपाटी र शुभ मिडिया प्रा.लि.लाई सम्मान गरेकाे थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाका अध्यक्ष दान थापा मगर र ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको मन्तब्य रहेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी बरिष्ठ उपरिक्षक शिद्धि बिक्रम शाहले आत्महत्या रोकथाम र नियन्त्रणमा यस लघु चलचित्रको भूमिकाबारे प्रष्ट पारे ।