• गृहपृष्ठ
  • कोभिड विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन

कोभिड विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन

Sep 11th, 2023

काठमाडौं, भदाै २५

काठमाडौं जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ ।

दोस्रो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । अभियानका क्रममा बालकालिकालाई फाइजर खोप लगाइनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जारी गरिएको सूचनाअनुसार काठमाडौं जिल्लास्थित महानगरपालिका तथा नगरपालिकाले तोकेका स्वास्थ्य संस्था तथा विद्यालयहरूमा खोप दिइनेछ । यस्तै कोभिड–१९ विरुद्धको खोप सबै नगर अस्पतालहरूबाट लगाइनेछ ।