• गृहपृष्ठ
  • थेचोमा हरितालिका तिजको विविध सांस्कृतिक कार्यक्रम

थेचोमा हरितालिका तिजको विविध सांस्कृतिक कार्यक्रम

Sep 11th, 2023

ललितपुर, भदौ २५

थेचोमा वेथेगल टोल विकास समितिको आयोजनामा हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान, दर खाने र विविध सांस्कृतिक कार्यक्रम गरेको छ ।

गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर सन्जेल

सो कार्यक्रम वेथेगल टोल विकास समितिका अध्यक्ष निर्मला क्षेत्रीको अध्यक्षता, गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर सन्जेलको प्रमुख आतिथ्यमामा भएको हो ।

वाणिज्य संघका अध्यक्ष सन्जेलले तिजले परम्परालाई चिनाउने भएकोले यसलाई निरन्तरता दिनुपर्ने र तिजलाई सभ्य र सूक्ष्म तरिकाले मनाउनुपर्ने बताए । 

वेथेगल टोल विकास समितिका अध्यक्ष निर्मला क्षेत्री

उक्त कार्यक्रममा वडा सदस्यहरू, नेपाल प्रहरी, कलाकार, पत्रकार अग्रज व्यक्तित्वहरूको  उपस्थितिमा महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान गर्दै गर्दा चलिआएको रीतिरिवाज परम्परालाई जोगाई राख्नु पर्दछ भन्ने उद्देश्यका साथ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियो।