• गृहपृष्ठ
  • नेपाल महिला फेडरेशनको ४४ औं स्थापना दिवस सम्पन्न

नेपाल महिला फेडरेशनको ४४ औं स्थापना दिवस सम्पन्न

Sep 11th, 2023

काठमाडौं, भदौ २५

नेपाल महिला फेडरेशनको ४४ औं स्थापना दिवस मैतिदेवीको सेतो पुल इन्दु भवनमा सम्पन्न भएको छ । ‘‘महिला अधिकारको सुनिश्चि गरौँ’’ भन्ने नाराका साथ नेपाल महिला फेडरेशनको स्थापना गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (संयुक्त) उपाध्यक्ष तथा महिला विभागका प्रमुख लक्ष्मी देवी शाहा रहेकी छिन् । सो कार्यक्रममा नेपाल महिला फेडरेशनकी सह संयोजक मिना शाहाको अध्यक्षतामा भएको थियो । उनले आफूमा चेतना हुनुपर्ने र जुन समाजमा बस्नु हुन्छ त्यहाँ समस्या हुने भएकाले एक जुट भएर बस्न आग्रह गरे । समाजमा काम गर्न सजिलोका लागि पार्टिमा आवद्ध हुने र आफ्नो अधिकार सुरक्षित हुनुपर्ने बताइन् ।

अतिथिहरूमा जनवर्गीय सङ्गठनको प्रमुख मधु बि. सि, नेपाल युवा फेडरेशनको अध्यक्ष नवीन खडका, ट्रेड युनियनका अध्यक्ष गंगा राम खड्गी उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । स्थापना दिवसको अवसरमा संस्था प्रति सकारात्मक सामाजिक सञ्जाल अनलाइन मार्फत प्रचार प्रसार गरेकोले आधारभूमि डट कम मा आवद्ध पत्रकार इना महर्जनलाई पनि सम्मान गरेको छ ।

सो कार्यक्रम समापन पछि हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान, दर खाने र तीज विशेष कार्यक्रम पनि गरेको थियो ।

पत्रकार इना महर्जनलाई सम्मान