• गृहपृष्ठ
  • ४० जना एसईई उर्तीण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम समापन

४० जना एसईई उर्तीण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम समापन

Sep 9th, 2023

ललितपुर, भदाै २३
ललितपुर महानगरपालिका १४ ले वडामा रहेका यस बर्ष एसईई उर्तीण गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा वडामा स्थायी बसोवास गर्ने बालबालिका तथा बाल क्लवमा आवद्ध भएका वडा बाहिरका पदाधिकारीहरुलाई समेत सम्मान गरिएको वडा सदस्य तथा बाल अधिकार समितिका संयोजक संगिता अछामीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम वडा स्तरीय बाल अधिकार समिति र बालकल्वले आयोजना गरेको थियो । सो कार्यक्रममा ४० जना विद्यार्थीलाई उज्वल भविष्यको कामना सहित सम्मान पत्र र खादा ओडाएर सम्मान गरिएको थियो ।

उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिका १४ का वडा अध्यक्ष अमृतजंग महतले एसईई पछि आफनो लक्ष्य, रुचि र भविष्य निर्धारण गर्न ढिला नगर्न आग्रह समेत गर्नु भयो । विद्यार्थीहरुले चाहँदा आफूले प्राप्त गर्ने लक्ष्य चुम्नलाई कुनै कठिन अवस्था नहुने बिषयलाई जोड दिनु भएको थियो । सवैले अध्ययन र ज्ञानलाई फराकिलो पार्दै नैतिकवान शिक्षा ग्रहण गर्नका लागि लाग्न आग्रह समेत गर्नुभएको थियो ।

यस्तै, साे कार्यक्रमको अध्यक्षता वडा सदस्य तथा बाल अधिकार समितिका संयोजक संगिता अछामीले गर्नुभएको थियो भने संचालन समितिका सदस्य ऋतु श्रेष्ठले गर्दै सुरु भएको कार्यक्रममा समापनको अवसरमा संयोजक तथा संयोजक संगिता अछामीले म पनि तपाईहरु जस्तै बालकल्वमा आवद्ध हुदै आज यो स्थान सम्म पुगेको कुरा बताउनु भयो । उनले तपाई हामी नै भोलीको समृद्ध देश बनाउने योजनाकार तथा नेतृत्वकर्ता हो त्यसैले अव शिक्षाको उज्यालो ज्योतिलाई पछ्याउँदै नैतिकवान बन्ने गरि शिक्षा हासिल गर्नका लागि अघि बढ्न आग्रह गर्नुभएको थियो ।

राष्ट्रिय बाल दिवस २०८० को मूल नारा ‘बालबालिकामा लगानी सुनिश्चत भबिष्यको थालनी’ भन्ने कुरालाई सार्थक पार्न अविभावक तथा विद्यार्थीहरु र सरोकारवाला सवै एक भएर लाग्न अनुरोध गर्दै उक्त कार्यक्रम समापन गर्नुभएको थियो ।