• गृहपृष्ठ
  • गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै तरुण दलको प्रदर्शन

गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै तरुण दलको प्रदर्शन

Sep 8th, 2023

काठमाडौं, भदाै २२

तरुण दलले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा विरोध प्रदर्शन गरेको छ । रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवलाई खुकुरी प्रहार भएको थियो ।

उक्त घटनाको शान्ति बाटिकामा विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौंको रत्नपार्कस्थित विरोध प्रदर्शन गरेको हो । तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेको छ ।

बिहीबार बसेको तरुण दलको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो । आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ ।