• गृहपृष्ठ
  • ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ भन्ने नाराको साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ भन्ने नाराको साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

Sep 8th, 2023

काठमाडौ २२ भदौ

‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नेपालमा पनि आज ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको साक्षरता अभियानको यात्रामा जोडिएर गुणस्तरीय शिक्षाको माध्यमबाट सामाजिक न्याय र समृद्धि हासिल गर्नका लागि थप योजनावद्ध ढंगले अगाडि बढ्न आवश्यक रहेको बताए।

उनले शिक्षालाई व्यवहारिक रूप दिने सन्दर्भमा सरकारले शिक्षामा सबै नागरिकको सहज पहुँच सुनिश्चितताका लागि निरन्तर प्रयास गरिरहेको बताए।

साक्षर घोषणा हुन बाँकी रहेका जिल्लालाई साक्षर तुल्याउन सम्बन्धित सबै पक्षलाई प्रधानमन्त्री प्रचण्डले आह्वान गरेका छन्।

यसै अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गतवर्ष साक्षरता घोषणा भएका जिल्लाहरुलाई सम्मान एवं प्रसंशापत्र प्रदान गर्ने, छलफल, बहस, अन्तरक्रिया वृक्षारोपण, साक्षरता सम्बन्धी लोकदोहोरी गीत छायांकन एवं प्रशारण गर्ने लगायतका देशभर कार्यक्रम गरिरहेको जनाएको छ ।

यही वर्षभित्र साक्षर मुलुक घोषणा गरिने

नेपाललाई यही आर्थिक वर्षभित्र साक्षर मुलुक घोषणा गर्ने लक्ष्य छ। यसका लागि १२ वटा सूचकहरूको आधारमा साक्षरताका कार्यक्रम सञ्चालन भएको शिक्षा मन्त्रालयले जनाएको छ।

केन्द्रका अनुसार अहिलेसम्म ६४ (पाँच प्रदेशका) जिल्ला साक्षर घोषणा भइसकेका छन् । ५ वर्षमाथि ७६.२ प्रतिशत र १५–६० वर्ष उमेर समूहको ८५ प्रतिशत साक्षर रहेका छन् ।

सरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानको शुरुवात गरेको थियो । त्यतिबेला दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ।

हाल देशभर ३६ हजार ३२ वटा विद्यालय सञ्चालित छन् । त विद्यालयहरुमध्ये सामुदायिक २७ हजार ३४३ र संस्थागत ७ हजार ३७३ वटा सञ्चालनमा रहेको छन् ।

केन्दका अनुसार १७१ वटा अनौपचारिक विद्यालयहरु, १२१ वटा विद्यालयमा खुला शैक्षिक कार्यक्रम र २ हजार १५१ वटा सामुदायिक सिकाइ केन्द्रहरु सञ्चालनमा रहेका छन् । एक हजार १५० वटा परम्परागत विद्यालयहरु सञ्चालनमा रहेको छ केन्द्रले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घले कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएका जिल्ला, पालिका वा प्रदेशलाई साक्षर घोषणा गर्न सकिने विश्वव्यापी मापदण्ड तोकेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव २ प्रतिशत छ । त्यस्तै १५ देखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ।

पाल्पा र ललितपुर पूर्ण साक्षर

पाल्पा र ललितपुर पूर्ण साक्षर जिल्ला घोषित भइसकेको जिल्ला हुन्। अहिले पनि १६१ स्थानीय तह साक्षर घोषणा हुन बाँकी छ। मधेश प्रदेश र कर्णाली प्रदेशका १३ जिल्ला साक्षर घोषणा हुन बाँकी रहेका छन् ।

धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, सिरहा, मुगु, जुम्ला, कालीकोट र हुम्लाका विभिन्न स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको केन्द्रले जनाएको छ ।

५७ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस२०८०

दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि, साक्षरताको प्रवर्द्धन

१ नेपालमा साक्षरताको विद्यमान अवस्था

क्र. स.विवरणअवस्था
साक्षरता दर
 ५ वर्ष माथि७६.२%
१५-६० वर्ष उमेर समुह८५%
विद्यालयहरु
 जम्मा  ३६०३२
 सामुदायिक२७३४३
 संस्थागत  ७३७३
 परम्परागत१३१६
सामुदायिक सिकाइ केन्द्रहरु२१५१
खुला शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालयहरु१२१
अनौपचारिक विद्यालयहरु१७१
साक्षर घोषणा भएका जिल्लाहरु६४
साक्षरघोषणा भएका प्रदेशहरु३ (वाग्मती प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश)
साक्षर घोषणा हुन वाकी जिल्लाहरु१३
 मधेशप्रदेशसप्तरी‚ सिराहा‚धनुषा महोत्तरी‚सर्लाही‚ रौतहट‚ बारा‚ पर्सा
 कर्णाली प्रदेशमुगु‚ जुम्ला‚ हुम्ला कालिकोट‚ डोल्पा
साक्षर घोषणा हुन बाकी स्थानीय तहहरु१६१ वटा(मदेश प्रदेश १३४, कर्णाली प्रदेश २७ वटा)

२ साक्षर घोषणा हुन बाँकी स्थानीय तहहरुको विवरण

क्रसप्रदेशजिल्लाजम्मास्थानीय तहघोषणाभएका स्थानीय तहघोषणाहुन वाकी स्थानीय तह
मधेशप्रदेशधनुषा१८१८
बारा१६१६
पर्सा१४१४
रौतहट१८१८
महोत्तरी१५१५
सर्लाही२०२०
सिरहा१७१७
सप्तरी१८१६
१०कर्णालीप्रदेशमुगु
११जुम्ला
१२कालिकोट
१३हुम्ला
१४डोल्पा
 जम्मा १७२२४१६१
 ३ साक्षर घोषणा भएका जिल्लाहरुको विवरण 
क्र सजिल्लासाक्षरता प्रतिशतसाक्षर जिल्ला घोषणाभएको मिति
सिन्धुपाल्चोक९८२०७१।०३।०२
ललितपुर१००२०७१।०३।०९
पाल्पा१००२०७१।०३।११
धादिङ्ग९८२०७१।०३।२९
मुस्ताङ्ग९६२०७१।०१।३१
स्याङ्गजा९६२०७१।०५।२३
चितवन९८२०७१।०५।२३
अर्घाखाँची९८२०७२।०२।२२
सुर्खेत९६२०७२।०२।२५
१०प्यूठान९८२०७२।०३।२०
११दाङ९७२०७२।०३।२४
१२गुल्मी९६२०७२।०३।२६
१३तनहुँ९६२०७२।०३।२८
१४कास्की९६२०७२।०३।३०
१५नवलपरासीपूर्व९८२०७२।०३।३१
१६नवलपरासीपश्चिम९८२०७२।०३।३१
१७रुपन्देही९८२०७२।०३।३१
१८लम्जुङ्ग९८२०७२।०३।३१
१९पाँचथर९७२०७२।०४।०९
२०नुवाकोट९८२०७२।०५।२२
२१भक्तपुर९७२०७२।०८।२७
२२रोल्पा९६२०७२।०९।०९
२३सल्यान९७२०७२।०९।१४
२४दार्चुला९५२०७२।०९।१५
२५जाजरकोट९५२०७२।११।२८
२६बर्दिया९६२०७२।१२।२८
२७रुकुम९७२०७३।०१।३१
२८रुकुमपूर्व९७२०७३।०१।३१
२९झापा९८२०७३।०२।१७
३०बाग्लुङ्ग९७२०७३।०३।०३
३१दोलखा९५२०७३।०३।१०
३२मकवानपुर९९२०७३।०५।३०
३३रामेछाप९६२०७३।०६।०५
३४धनकुटा९७२०७३।०८।१६
३५ओखलढुङ्गा९९२०७३।०९।१०
३६दैलेख९६२०७३।११।२८
३७मनाङ९७२०७४।०३।२२
३८सिन्धुली९९२०७४।०३।२४
३९इलाम९८२०७४।०३।२८
४०गोरखा९७२०७४।०५।०९
४१म्याग्दी९६२०७४।१०।०८
४२पर्वत९७२०७४।१०।१८
४३रसुवा९६२०७४।१०।२९
४४खोटाङ९७२०७४।११।०२
४५सुनसरी९६२०७४।११।१५
४६तेह्रथुम९६२०७४।१२।२०
४७भोजपुर९६२०७४।१२।२५
४८उदयपुर९५२०७५।११।०५
४९बैतडी९७२०७६।०१।०६
५०डडेल्धुरा९७२०७६।०१।०८
५१मोरङ९७२०७६।०३।२१
५२काभ्रेपलाञ्चोक९६२०७६।११।०७
५३संखुवासभा९६२०७६।११।०९
५४अछाम९६२०७८।०३।२१
५५काठमाण्डौ९७२०७८।०५।०४
५६ताप्लेजुङ्ग९६२०७८।१२।२३
५७बझाङ्ग९६२०७९।०३।०७
५८सोलुखुम्वु९७२०७९।०३।२६
५९कैलाली९६२०७९।०३।२९
६०बाजुरा९७२०७९।०३।३०
६१बाँके९७२०७९।०३।३२
६२कञ्चपुर९७२०७९।०५।२३
६३डोटी९६२०८०।०२।३२
६४कपिलबस्तु९६२०८०।०३।३१
 

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित विभिन्न क्रियाकलापहरु

  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक श्री चूडामणि पौडेलज्यूको अध्यक्षतामा मूल आयोजक समिति गठन ।
  • विभिन्न विषयगत उपसमितिहरु गठन गरी जिम्म्वारी प्रदान ।
  • विभिन्न अनलाइन तथा अफलाइन पत्र पत्रिकामा सुचनामूलक सामाग्रीहरु समावेश गरी बिशेषाङ्क प्रकाशन गर्ने ।
  • आम सञ्चार माध्यमवाट Talk Show, परिसम्बाद एवम्अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।
  • विगत आ.व.मा विकास भएको साक्षरता सम्बन्धी सूचनामूलक जानकारी एवम् सामाग्रीहरु प्रसारण गर्ने।
  • साक्षरता सम्वन्धि अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्ने ।
  • शिक्षा तथा मानवस्रोत विकास केन्द्रको प्राङ्गणमा बृक्षारोपण एवम् फुलहरु रोप्ने।
  • रक्तदान कार्यक्रम सञ्चालन गर्ने ।
  • साक्षरता सम्वन्धी लोकदोहोरी गित विकास, छायाङ्कन एवम् प्रसारण गर्ने ।
  • गत आर्थिक वर्षमा साक्षर घोषणा भएका जिल्लाहरुलाई सम्मान एवम् प्रसंशापत्र वितरण गर्ने ।
  • साक्षरता दिवसको कार्यक्रमहरु सञ्चालन गर्नको लागि प्रदेश‚जिल्ला तथा स्थानीयतहरुलाई अनुरोध गर्ने ।
  • साक्षरता दिवसको अवसरमा साक्षर स्थानीय तह एवम् साक्षर जिल्ला घोषणाका लागि समन्वय, सहकार्य तथा सहजीकरण गर्ने।
  • अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अनौपचारिक शिक्षाको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।

अनौपचारिक तथा आजीवन सिकाइसँग सम्वन्धित कार्यक्रमहरु

क साक्षर नेपाल वर्ष कार्यक्रम सञ्चालनः

  • ६४ वटा जिल्ला र ३ वटा प्रदेशहरु साक्षर घोषणा भएको ।
  • ५ बर्ष माथिको साक्षरता प्रतिशत ७६.२ प्रतिशत पुगेको ।
  • १५-६० वर्ष उमेर समुहको साक्षरता प्रतिशत ८५ प्रतिशत पुगेको ।
  • २०८०।०८१ भित्र नेपाललाई साक्षर नेपाल घोषणा गर्ने लक्ष्य ।
  • साक्षरताका १२ वटा सूचकहरुको आधारमा साक्षरताका कार्यक्रमहरु सञ्चालन भएको ।
  • साक्षर घोषणा हुन बाँकी १६१ वटा स्थानीय तहमा साक्षरताका विभिन्न कार्यक्रमहरु सञ्चालन ।
  • लागत साझेदारीतामा आधारित प्रोत्साहन अनुदान प्रदान ।
  • साक्षर नेपाल कार्यक्रमको लागि विभिन्न विकास साझेदार संस्थाहरु सँग समन्वय र सहकार्य गरिएको ।

. बैकल्पिक शैक्षिक कार्यक्रमः

  • विद्यालय बाहिर रहेका बालबालिकाहरुको लागि लक्षित गरी अनौपचारिक शिक्षा तर्फको तह १-३ को संश्लेषित पाठ्यक्रम एवम् सिकाइ सामाग्रीहरु विकास
  • विभिन्न संघसंस्थाहरुवाट सिकाइ सामाग्रीहरुको प्रयोग।
  • सहजकर्ताहरुको लागि सहजकर्ता मार्गदर्शन पुस्तिका तयारी ।

ग अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपबमोजिमका कार्यहरु सञ्चालन

  • नेपाल सरकारबाट मिति २०७७ बैशाख २१ मा राष्ट्रिय योग्यता प्रारुपको मूल ढाँचा स्वीकृत भएको ।
  • अनौपचारिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप तयार भै मिति २०८० बैशाख  २० गते राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदवाट स्वीकृत भएको।
  • अनौपचारिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुपले उल्लेख गरेका सक्षमता र सिकाइका क्षेत्रहरुको आधारमा तह १-३ सम्मका ४७ वटा सिकाइ सामाग्रीहरु तयार भएको र तह ४ का सिकाइ सामाग्रीहरु विकास हुदै गरेको अवस्था ।
  • अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुप कार्यान्वयन कार्यविधि तयार भएको।

घ अनौपचारिक तथा आजीवन सिकाइ अन्तर्गतका कार्यक्रमहरु

  • १७१ वटा अनौपचारिक विद्यालयहरु, १२१ वटा विद्यालयमा खुला शैक्षिक कार्यक्रम र २१५१ वटा सामुदायिक सिकाइ केन्द्रहरु सञ्चालनमा ।
  • ११५० वटा परम्परागत विद्यालयहरु सञ्चालन ।
  • सामुदायिक सिकाइ केन्द्र सञ्चालन एवम् व्यवस्थापन मापदण्ड २०७८ जारी ।
  • परम्परागत शैक्षिक संस्था सञ्चालन एवम् व्यवस्थापन मापदण्ड २०७९ जारी ।
  • अनौपचारिक तथा आजीवन सिकाइ सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८० स्वीकृतिको लागि मन्त्रालयमा पेश गरिएको ।
  • सामुदायिक सिकाइ केन्द्रहरुको शैक्षिक सूचना व्यवस्थापन प्रणाली (NFE EMIS) तयार गरी online बाट  reporting गरिएको ।