• गृहपृष्ठ
  • कृषिगणना २०७८: ४० लाख परिवार खेतीपातीमा आवद्ध

कृषिगणना २०७८: ४० लाख परिवार खेतीपातीमा आवद्ध

Sep 7th, 2023

काठमाडौँ २१ भदाै

कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । अघिल्लो कृषिगणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । जस अनुसार नेपालका करिब ४० लाख परिवार खेतीपातीमा आवद्ध भएको पाइएको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार करिब ४० लाख परिवार खेतीपातीमा आवद्ध भएको पाइएको हो। नयाँ विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालकाे तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हाे । अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो ।

नया तथ्यांकअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो परिवार संख्या ३८ लाख ३१ हजार थियाे । कृषि गणनाअनुसार ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको र एक लाख ३२ हजारले पशुपंक्षी पालन गरेको पाइएको हो । 

छटौ गणना २०६८ मा ३७ लाख १६ हजार परिवारले खतीपाती गरेको र एक लाख १६ हजारले पशुपंक्षी मात्रै पालेका थिए। अहिले यो परिवार संख्या बढेको पाइएको छ भने कृषि गर्ने जमिन घटेको पाइएको छ । 

यसअघि एक लाख २५ हजार कृषकको परिवारमा पुगेर सर्वेक्षण गरिएकोमा अहिले तीन लाख ३० हजार जनामा पुगेर कृषि गणना गरिएको तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डिल्लीराम जोशीले जानकारी गराए। 

कृषक परिवारअन्तर्गत २२ लाख ८८ हजार हेक्टरमध्ये २१ लाख २२ हजार कृषि कार्यमा प्रयोग गरिएको पाइएको छ। ८१ हजार हेक्टर जग्गामा बनबनेलो लगाइएको र तीन हजार हेक्टर अन्य प्रकारको रहेको पाइएको छ। 

अधिकांश किसानले आफ्नै परिवारको हकभोगमा भएको जग्गा चलन गरेको पाइएको छ। ७२ प्रतिशत कृषकले आफ्नो मात्रै जग्गा हकभोग गरेको पाइएको छ। 

६ लाख ८९ हजार परिवारले आफ्नो साथै अरूको पनि प्रयोग गरेको पाइएको छ। २०६८ सालमा ३२ लाख ४२ हजार कृषक परिवारले आफ्नो जग्गा उपभोग गरेको पाइएको थियो।