• गृहपृष्ठ
  • लेखा अधिकृत कार्कीविरुद्ध ४ करोड ६७ लाखको भ्रष्टाचार मुद्दा

लेखा अधिकृत कार्कीविरुद्ध ४ करोड ६७ लाखको भ्रष्टाचार मुद्दा

Sep 4th, 2023

काठमाडौँ १८ भदौ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान विकास केन्द्र पुलचोकका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्कीले ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपमा ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत कार्कीविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

कार्कीले २०५३ जेठ १७ गतेदेखि २०७९ मंसिर २८ गतेसम्मको अवधिमा कुल पाँच करोड ७५ हजार ८७ हजार ३७० रुपैयाँ आर्जन गरेको अख्तियारको भनाइ छ । सोही अवधिमा उनको वैधानिक आय भने एक करोड आठ लाख ४८ हजार ५९० रुपैयाँ मात्र हुन आउँने आयेगले जनाएको छ । आयोगले कार्की विरुद्ध ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँ बिगो माग दाबी गरेको छ ।

कार्कीले घर निर्माण, जग्गा खरिद तथा विभिन्न कम्पनीमा सेयर लगायतमा स्रोत नखुलेको सम्पत्ति जोडेको पनि भेटिएको थियो ।