• गृहपृष्ठ
  • ठुला मिटरब्याजी अनुपस्थीत भएपछि जिप्रका ललितपुरले प्रहरी कार्यालयलाई लेख्यो पत्र

ठुला मिटरब्याजी अनुपस्थीत भएपछि जिप्रका ललितपुरले प्रहरी कार्यालयलाई लेख्यो पत्र

Sep 4th, 2023

काठमाडौं, भदौं १८

काठमाण्डौ । २०८० साल असार १२ गते देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले आफु र आफना संस्था डुबाउन भुमिका खेल्ने मिटरब्याजीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्धा दर्ता गरेका थिए । उक्त मुद्धा दर्ता भए लगत्तै छानविन सुरु भएको थियो । सोसँगै ३ जना मिटरब्याजीले चलन चल्तीको ब्याज भन्दा माथीको नगद र धितोमा राखेको घरजग्गा, गाडी फिर्ता गरेको पिडित चौलागाइले बताएका छन् ।

बाँकी रहेका १२ जना मिटरब्याजीहरु सम्पर्कमा नआएको उनले सुनाए । जिप्रका ललितपुरले सम्पर्कमा आउन भनेपनि नआएपछि जिल्ला प्रहरी कार्यालय ललितपुरमा उनीहरु सम्पर्कमा नआएको बारे प्रशासनले जानकारी पत्र पठाएको छ । सो पत्र पठाएको बारे मिटरब्याज पिडित रविन्द्र चौलागाइले बताएका छन् ।

चौलागाँइले मुद्धा हालेका मिटरब्याजीहरुमा सिताराम राउत, विवेक केसी, आशिष प्रधान, रवी मर्हजन, रुविन मर्हजन, सुमन मर्हजन, मोहन घिमिरे, सञ्जय अधिकारी, विशाल नारायण भारी, भावना भारी, कमला खत्री, मञ्जु भण्डारी, हितेश केसी, र अविनाश कार्की (जनप्रिय सहकारी अध्यक्ष ) लगायत रहेको जिल्ला प्रशासन कार्यालय ललितपुरको पत्रमा उल्लेख छ ।

उनीहरुले मिटरब्याजमा पैसा लगाएको पुष्टि भएपछि र सम्र्पकमा नआएपछि जिप्रकाले प्रहरी कार्यालयमा पत्र पठाएको बताइएको छ । मिटरब्याजीहरु सम्पर्कमा नआएपछि र बारम्बार फोन गर्दा समेत उपस्थीत नभएको कारण जिल्ला प्रशासनले उनीहरु विरुद्ध प्रहरी कार्यालयमा पत्र पठाएको चौलागाइले बताए ।

मिटरब्याज सम्बन्धी कानुन बनेपछि आफनो अतिरिक्क्त रकम खाएकाहरुबाट रकम फिर्ता हुने आशा पलाएको चौलागाइले बताएका छन् । सो रकम फिर्ता भएपछि सहकारीका साना बचतकर्ताहरुको बाँकी रहेको निक्षेप फिर्ता गर्ने योजना रहेको उनले सुनाए ।