• गृहपृष्ठ
  • वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

Sep 4th, 2023

काठमाडौं, भदाै १८

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्ष रहेको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जनाएका छन् । 

बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका उनले माथि तलामा गएर हाम फालेका थिए । अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । यो मेरो मान्छे हो भनेर कोही भन्न नआएको र लाश बेवारिसे अवस्थामा  रहेको जनाइएको छ ।