महिला स्वास्थ्य शिबिर सञ्चालन

Sep 3rd, 2023

सोलुखुम्बु भदौ – १७.,

आज सोलुखुम्बु जिल्ला “नेचासल्यान गाँउपालिका वडा नँ – २, दोदि मा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र मा महिला हरु सँग सम्बन्धित विभिन्न रोगहरुको उपचार तथा उचित परामर्श शिबिर सञ्चालन गरेको छ।

सो शिबिर स्थानिय नेचासल्यान गाँउपालिका द्वारा आयोजना गरिएको हो । बिगत धेरै बर्ष अघि देखि नै स्थानिय गाँउपालिका मा कतिपय महिला दिदी, बहिनी हरु मा चेतना तथा कमजोर आर्थिक अवस्था का कारण सम्बन्धित रोगको उपचार मा जान सकेका छैनन् भने कतिपय महिला दिदी, बहिनी हरु त बर्तमानमा पनि असैह्य पिडा हरु सहँदै रोग हरु सँग लडिरहेका पनि छन ।

यसरी असैह्य पिडा हरु को बाबजुद् पनि विभिन्न रोग हरु सँग लड्दै कष्टकर जीवन बिताउन बाध्य स्थानिय महिलाहरुका लागि भने यो शिबिरले ठूलो राहत मिल्ने तथा पिडित हरुका लागि राम बाँण नै साबित हुने बिश्वास समेत स्था- निय हरुले लिएका छन् । आज बसेको शिबिर कार्यक्रम को उदघाटन गर्दै स्थानिय गाँउपालिका “उपप्रमुख” बिना राई भक्कानिएरै भन्छिन् यो हाम्रो आफ्नै गाँउपालिका मा मेरो आफ्नै कार्यक्षेत्र भित्र का आमा तथा महिला दिदी बहिनीहरुको यो कष्टकर पिडादायक दयनिय जन- जीबन को अवस्थालाई मध्यनजर गर्दै यो उपचार शिबिर तथा महिला हरु सँग सम्बन्धित रोग हरुको उचित परामर्श शिबिर सञ्चालन टोली को नेतृत्व शुरुदेखि नै आफैले गर्दै आएको समेत भनेकि छिन् ।

विशेष आज सञ्चालित यो शिबिरले महिला हरु को स्तन क्यान्सर., पाठेघर झर्ने समस्या., तथा पिडित हरु को आफ्नो रोग हरु सँग सम्बन्धित उ- चित “परामर्श” दिईने बताईएको छ । यसरी स्थानिय महिला हरु लाई समय, समयमा उपचार तथा उचित परामर्श ” शिबिर सञ्चालन समय अनुकुल निरन्तर भईरहे बिगतमा जस्तो स्थानिय महिला हरु मा पीडा र अचानक अकाल मा हुनु पर्ने “मृत्यु” को सम्भावना भने अत्याधिक न्युनिकरण भएर जाने बिश्वास भने आज उपस्थित स्थानिय जो-कोही सबैको अनुहार मा स्पष्ट बुझ्न सकिन्थ्यो । आज कार्यक्रम को केही झलक तल फोटो ईन्सेटमा.,