थेचोमा मत्या पर्वको रौनक (तस्बिरहरु)

Sep 2nd, 2023

इना महर्जन
ललितपुर भदौ १६
गाईजात्राको भोलिपल्ट मनाइने मत्या पर्व आज थेचोमा मनाइएको छ । थेचोमा रहेको ऐतिहासिक मठमन्दित, बौद्धबिहार तथा चैत्यमा परिक्रमा गर्दै यो पर्व मनाइएको हो ।

यो पर्व भगवान बुद्धले दुर्गुणमाथिको विजयको सम्झनामा मनाउन सुरु गरेको स्थानिय नेवार समुदाय बताउँछन् । दिवङ्गत भएका आफ्ना परिवारका सदस्यको सम्झनामा दीप प्रज्वलन गरी मृत आत्माको शान्तिको लागि प्रार्थना गर्दै विभिन्न मठमन्दिर विहार तथा चैत्य परिक्रमा गर्ने परम्परा छ ।