थेचोमा गाईजात्रा मनाइयो (फोटोफिचर)

Sep 1st, 2023

ललितपुर, भदाै १५

इना महर्जन । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज थेचाेमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

 थेचोमा मृतकको आत्मा शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित  सापारु अर्थात गाईजात्रा पर्व मनाइएका छन् । ।

गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्छन् ।

वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।