• गृहपृष्ठ
  • काठमाडौं महानगरपालिकामा पाँच वर्षमा देखियो ४ अर्ब रुपैयाँ भन्दा बढी बेरुजु

काठमाडौं महानगरपालिकामा पाँच वर्षमा देखियो ४ अर्ब रुपैयाँ भन्दा बढी बेरुजु

Sep 1st, 2023

काठमाडौ १५ भदौ

काठमाडौं महानगरपालिकामा ४ अर्ब रुपैयाँ भन्दा बढी बेरुजु देखिएको छ । महानगरमा ५ वर्षदेखिको बाँकी ४ अर्ब ६ करोडको बेरुजुु अझै फछ्यौट भएको छैन ।

काठमाडौं महानगरपालिका, लेखा समितिको आर्थिक वर्ष (आव २०७३/ ७४ देखि आव ०७८/ ७९) सम्मको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार ४ अर्ब ६ करोड ४२ लाख ८ हजार रुपैयाँ बेरुजु देखिएको हो । गत आवको लेखापरीक्षण भने भएको छैन ।

महानगरपालिकाको आन्तरिक लेखा परीक्षण विभाग अनुसार कुल बेरुजुमध्ये सबैभन्दा धेरै राजस्वतर्फ रहेको छ । यसमध्ये पनि असुल उपर गर्नु पर्ने प्रकृतिको बेरुजु धेरै छ । विभागले ‘सम्बन्धित व्यक्ति तथा संस्थाबाट बेरुजु रकम असुल उपर गराउन पत्र पठाएको छ ।

लेखा समितिको प्रतिवेदनले करार ठेक्का मार्फत उठाउनुपर्ने आन्तरिक आयतर्फ विभिन्न ९ वटा आयोजनाबाट सम्पत्ति कर, सटर तथा भाडा बाँकी, भवनहरुको नक्सापास अनुसारको दस्तुर, सम्झौताअनुसारको रकम असुल गर्नु पर्ने बेरुजु औल्याएको छ । यस्तो बेरुजु ५९ करोड ८७ लाख ६६ हजार ६४९ रुपैयाँ छ । समितिले यो रकम असुलउपर गराउन सार्वजनिक निजी साझेदारी एकाई र राजस्व विभागलाई निर्देशन दिएको छ ।