नेवार समुदायमा लाखे नाच (तस्बिरहरू)

Sep 1st, 2023

इना महर्जन

ललितपुर, भदाै १५

लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।

नेवार समुदायमा नाचिने विभिन्न नाचमध्येको यो लाखे नाच विशेषगरी गुँला पर्व र इन्द्र जात्रामा काठमाडौं उपत्यकामा देखाइन्छ।

कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ।

लाखे राक्षस् मात्र नभई देवीको रुपमा पनि लिएको जसको घरमा लाखे नाच्न जान्छ त्यहाँ राम्रो हुने विश्वास छ । कृष्ण शुक्ल पक्षको नागपञ्चमीदेखि कृष्ण जन्मअष्टमीसम्म लाखे नाच दिनहुँ देखाइन्छ ।

नेवार समुदायको संस्कृतिमा पर्ने लाखे नाच पछिल्लो समय सबै समुदायको सद्भाव पर्वको रूपमा लोकप्रिय बन्दै गएको छ ।