• गृहपृष्ठ
  • युवा संघ ललितपुरको अध्यक्षमा आरवि शर्मा निर्वाचित

युवा संघ ललितपुरको अध्यक्षमा आरवि शर्मा निर्वाचित

Sep 1st, 2023

ललितपुर, भदाै १५

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ ललितपुरको अध्यक्षमा रामशरण बजगाइँ(आरबी शर्मा)को नेतृत्वमा ५१ सदस्यीय कार्यसमिती चयन गरेको हो ।
संघको उपाध्यक्षमा सम्राट जङ केसी, सचिव विक्रम थापा,सहसचिव विरेन्द्र घिसिङ, अमिन महर्जन र कोषाध्यक्षमा सुदर्शन घिमिरे चयन चयन भएका छन् ।
संघको युवा विज्ञ परिषदमा संजीव खड्का, प्रवक्तामा रोकेश अवाले,साइवर सर्कल प्रमुखमा बुद्ध लामा तथा युथफोर्स विभाग प्रमुखमा राजीव अधिकारी चयन भएका छन् ।
संघको अधिवेशन गत भाद्र १ र २ गते महाङ्काल गाउँपालिकामा भएको थियो । नेतृत्व चयनमा विवाद भएपछि पार्टीले जय गुरुङ्गको नेतृत्वमा अध्यक्ष मण्डल बनाएर नयाँ नेतृत्व टुंगो लगाउन अख्तियारी दिएको थियो ।
अधिवेशनपछि ४५ सदस्यीय जिल्ला सदस्यहरु चयन गरेको थियो । बाँकी पदाधिकारी आज टुंगो लागेको हो ।