• गृहपृष्ठ
  • एमसीसीविरुद्ध सडक आन्दोलन गर्ने विप्लवको चेतावनी

एमसीसीविरुद्ध सडक आन्दोलन गर्ने विप्लवको चेतावनी

Aug 31st, 2023

काठमाडौं, भदौ १४

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी नेपालको हितमा नरहेको बताएका छन्। उनले एमसीसीले देशलाई युक्रेन बनाउने बताउँदै यसलाई नेपालले स्वीकार गर्न नहुने बताए। 

समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै उनले अमेरिकाले अनुदानका नाममा नेपालमाथि हस्तक्षेप गर्न थालेको आरोप लगाए।

एमसीसीविरूद्व आफूहरू सडकमा आइसकेको बताउँदै उनले यसलाई कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताए।