• गृहपृष्ठ
  • सुन तस्करी प्रकरणमा पूर्वसभामुखका छोरा राहुल महरा पक्राउ

सुन तस्करी प्रकरणमा पूर्वसभामुखका छोरा राहुल महरा पक्राउ

Aug 30th, 2023

काठमाडौं, भदौ १३

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी कुवेर कडायतका अनुसार उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाटै पक्राउ गरेको हो ।

भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोरा नै मुछिएका छन् । गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग बुबाछोराकै पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुले पनि उनीहरुबिरुद्ध मुद्दा चलेको थिएन ।