• गृहपृष्ठ
  • एमसिसीको १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्राः ओली

एमसिसीको १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्राः ओली

Aug 30th, 2023

विराटनगर १३ भदौ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने बेला गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रा मात्र भएको बताएका छन् । एमसीसी सम्झौताबारे नेपालमा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ नरहेको उनको तर्क छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले संसदबाट पारित भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने वताएका हुन् । संसदबाट पारित गर्नु उपयुक्त हो होइन भनेर त्यसबेला सोच्नुपर्ने भन्दै सदनबाट पारित भइसकेकाले एमसीसी कार्यान्वयनमा दुविधा नरहेको बताए ।

आज अर्थमन्त्री डा। प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्डबीच ‘लेटर अफ एक्सचेन्ज’ भएसँगै एमसीसी कार्यान्वयनमा जानेछ ।

एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ। यसमा नेपालले १३ करोड डलर थप गरेको छ।