• गृहपृष्ठ
  • सुन तस्करीबारे अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

सुन तस्करीबारे अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

Aug 29th, 2023

काठमाडौं, भदाै १२

राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न समिति गठन भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन भएको हो ।

बज्राचार्य सिआईबीका निर्देशक हुन् । विशेष ब्युरोका डिआइजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सो समितिमा सदस्य छन् । यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले एसपी सञ्जयसिंह थापाको कमाण्डमा अनुसन्धान सुरु गरेको छ ।