आज कतिमा कारोबार हुँदैछ सुनचाँदी !

Aug 29th, 2023

काठमाडौं, भदाै १२

नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।