• गृहपृष्ठ
  • राष्ट्रिय विकास समस्या समाधान समितिकाे बैठक सुरू

राष्ट्रिय विकास समस्या समाधान समितिकाे बैठक सुरू

Aug 28th, 2023

काठमाडौं, भदाै ११

राष्ट्रिय विकास समस्या समाधान समितिकाे बैठक सुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक प्रारम्भ भएको हो ।

उपप्रधानमन्त्री तथा मन्त्रीहरु, मूख्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरुसहित राष्ट्रिय याेजना आयाेगका पदाधिकारीको उक्त बैठकमा  उपस्थित रहेको छन् ।  यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतकाे उपस्थिति छ ।

सुरुवातमा याेजना आयाेगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् । बैठकले विकास निर्माण र मन्त्रालयगत समस्याहरू समाधानमा महत्वपूर्ण निर्णयहरू लिनेछ ।