• गृहपृष्ठ
  • गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्ने पक्राउ

गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्ने पक्राउ

Aug 27th, 2023

काठमाडौं, भदाै १०

वीरगन्जमा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी गर्ने ५ जना युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन गर्न वीरगन्ज पुगेका गृहमन्त्री श्रेष्ठविरुद्ध आइतबार बिहान हिन्दू स्वय‌सेवक संघका युवाहरुले नाराबाजी गरेका थिए ।

गृहमन्त्रीको अगाडि कालो झन्डा देखाई विरोध र नाराबाजी गर्ने ५ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय युवा प्रज्वल डंगोल, मुन्ना गुप्ता, विशाल गुप्ता, राजा गुप्ता र जितेन्द्र सर्राफ रहेको हिन्दू स्वयंसेवक संघले जनाएको छ ।