• गृहपृष्ठ
  • अभिनेता ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

अभिनेता ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

Aug 27th, 2023

काठमाडौं, भदाै १०

अभिनेता सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ । उनको शवलाई आइतबार बिहानदेखि श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो ।

कलाकार संघले ताम्राकारको श्रद्धाञ्जली र दाहसंस्कारको संयोजन गरेको थियो । ७४ वर्षका ताम्राकारको निधन शनिबार नर्भिक अस्पतालमा भएको थियो । मिर्गौलासम्बन्धी रोगले पीडित ताम्राकार २८ दिनदेखि उपचाररत थिए ।

छोरा तथा अभिनेता सारुकको निधन भएपछि उनले पुत्रवियोग समेत खेपेका थिए ।