• गृहपृष्ठ
  • सुन तस्करी प्रकरणमा विदेशी नागरिक समेत संलग्न, प्रहरीले माग्यो इन्टरपोलको सहयोग

सुन तस्करी प्रकरणमा विदेशी नागरिक समेत संलग्न, प्रहरीले माग्यो इन्टरपोलको सहयोग

Aug 27th, 2023

काठमाडौ, १० भदौ

६० किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएपछि नेपाल प्रहरीले अनुसन्धानको लागि इन्टरपोलको सहयोग मागेको छ ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई सहयोगका लागि आग्रह गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न इन्टरपोल हङ्कङ र भारतलाई पत्राचार गरेको हो ।
सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेको भन्दै त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि पत्राचार गरिएको प्रहरीको भनाइ छ।

गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

त्यसपछि अहिले सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ। सिआइबीले हिजोमात्रै सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ।

हालसम्म सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।