रास्वपा संसदीय दलको बैठक बस्दै

Aug 25th, 2023

काठमाडौं, भदौ ८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक शुक्रबार साँझ बस्ने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्न लागेको हो । साँझ बस्ने बैठकमा भदौ ११ गते हुने संसदीय समितिका सभापतिको निर्वाचनका विषयमा छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिइन् ।

प्रमुख दलले संसदीय समितिका सभापतिहरू भागबन्डा गरेपछि रास्वपाले त्यस विषयमा छलफल गर्न बैठक बोलाएको हो । साथै, बैठकमा पार्टीले दर्ता गरेका संकल्प तथा सार्वजनिक महत्वका प्रस्तावको विषयमा छलफल हुनेछ । 

यसैबीच, संसदीय समितिको सभापति निर्वाचनका विषयमा रास्वपाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहालसँग आजै (शुक्रबार) नै भेट्ने तयारी गरेका छन् । तर, समय भने टुंगो लाग्न बाँकी रहेको छ ।