यी हुन मन्त्रिपरिषद् बैठकका १६ निर्णय

Aug 24th, 2023

काठमाडौं ७ भदाै

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि ५८ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।साउन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले साे निणर्य गरेकाे हाे ।

त्यस्तै सरकारले युनिसेफको आयोजनामा नेदरल्यान्ड्सको हेगमा हुने माइक्रोनुट्रेन्ट फोरमको छैटौँ ग्लोबल कन्फ्रेन्स कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी बिच्छीलाई सहभागिताका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्को भदौ ६ गते बसेको बैठकले कर्जा सुरक्षण (चौथो संशोधन) नियमहरू, २०८० स्वीकृत गर्ने भएको छ । 

त्यस्तै, एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौ वार्षिक बैठकमा माननीय अर्थमन्त्री (एसियाली पूर्वाधार लगानी बैंकका लागि गभर्नर नेतृत्वको प्रतिनिधि मण्डल सहभागी हुने भएका छन् । 

यस्ता छन् निणर्यहरू

01.JPG
02.JPG