• गृहपृष्ठ
  • नेपालमा डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै

नेपालमा डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै

Aug 23rd, 2023

काठमाडौं, भदौ ६

नेपालमा डेंगी संक्रमणबाट पछिल्लो दुई महिनामा १३ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जुलाईयता १३ जना संक्रमितको मृत्यु भएको हो । 

जनवरीयता अगस्ट २२ सम्म १७ हजार ४०९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै सुनसरीमा नौ हजार १५९ जना संक्रमित भएका छन् । मोरङमा एक हजार ९४५, धादिङमा एक हजार ८९० र झापामा ९४६ जना संक्रमित भएका छन् ।

काठमाडौं उपत्यकामा पनि डेंगी फैलिँदो क्रमममा छ । उपत्यकामा तीन जिल्लामा गरी ६८९ जना संक्रमित भएका छन् ।