• गृहपृष्ठ
  • धादिङको गजुरीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

धादिङको गजुरीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

Aug 23rd, 2023

काठमाडौँ ६ भदाै

काठमाडौँबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस अनियन्त्रित भइ राजमार्गबाट ४० मिटर तल खसेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइते भएकाहरूको उद्दार कार्य जारी छ । घाइतेहरूको गजुरी सामुदायिक अस्पलालमा उपचारका लागि लगिएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चार जना गम्भीर घाइते भएका छन् ।

बसमा कति यात्रु थिए भन्ने ऐकिन भइसकेको छैन । त्रिशूली निकै बढेको र केही यात्रुलाई बगाएको हुन सक्ने आशंका गरिएको भए पनि ऐकिन नभएको उद्धारमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।