• गृहपृष्ठ
  • प्रतिनिधिसभा बैठक बस्दै, पुरानै कार्यसूचीलाई निरन्तरता

प्रतिनिधिसभा बैठक बस्दै, पुरानै कार्यसूचीलाई निरन्तरता

Aug 23rd, 2023

काठमाडौँ ६ भदाै

 प्रतिनिधिसभा बैठक आज दिउँसो ३ बजे बस्दै छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । साउन १० गते यता अवरुद्ध सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ । 

संसद् सचिवालयले बैठक प्रभावित हुँदै आएको कारण पुरानै कार्यसूचीलाई निरन्तरता दिँदै आएको छ ।