• गृहपृष्ठ
  • सीआईबीले बुझायाे जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन

सीआईबीले बुझायाे जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन

Aug 22nd, 2023

काठमाडौं ५ भदाै

ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार प्रतिवेदन बुझाएको हो ।

सीआईबी टोलीले प्रतिवेदन सोमबार नै बुझाउने तयारी गरिएको थियो । तर, ‘अन्तिम समय’मा पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, विजयकुमार गच्छदार र सञ्जय साहको बयान लिँदा ढिलाइ भएको बताइएको छ । आइतबार साँझ सीआईबी टोलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र सोमबार बिहान अर्का पूर्वप्रधानमन्त्री मावधकुमार नेपालको ‘बयान’ लिएको थियो ।

गएको असार १२ गतेदेखि सीआईबीले संगठित किर्ते मुद्दामा अनुसन्धान थालेको थियो । सीआईबीले ५६औँ दिनमा अनुसन्धान सकाएर प्रतिवेदन बुझाएकाे हो ।