सुनचाँदीकाे भाउ बढ्याे, कति पुग्याे?

Aug 22nd, 2023

काठमाडौँ ५ भदाै

 मङ्गलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ रहेको छापावाल सुन मङ्गलबार बढेर १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै, १ लाख ९ हजार ७ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज बढेर १ लाख ९ हजार ९ सय ५० रुपैयाँ पुगेको छ । 

यता, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ रहेको थियो ।